खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइन : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन् ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताएका हुन् ।

उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउँदै उनले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,’एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरु कर तिर्न अप्ठ्यारो मान्छन् रु किन यहाँ मात्रै ति व्यापारीहरु विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन् । तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन ।’

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *