प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न- मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो सो आपत्ति जनाएका हुन्।

उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए। उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने बताए।

पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको उनले बताए। उनले अहिलेको गठबन्धन रातमा कहाँ ग¥यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरे।

उनले भने, ‘एउटा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यो देश बंगलादेश हुन्छ, यो देश श्रीलंका हुन्छ, भन्न पाउने हो। साँच्चै नै भन्ने हो गठबन्धनको निर्वाचन भइसकेपछि के भनेर जनतासँग भोट मागेको थियौँ। के भनेर जनतालाई भोट मागेका थियौँ। संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा प¥यो, यसलाई बचाउनका लागि मत दिनुस्, त्यो मत दिएकाले संविधान, संघीयता बचाउँछ भनेको होइन। तर त्यसपछि हामी प्रतिवद्ध भयौँ त रु भएनौँ । हामी पदका लागि कहिले यता, उता गरिरह्यौँ। आफू पदमा रहुन्जेल राम्रो अरु पदमा गएर व्यवस्थापन गर्दा खराब हुने ? नेपाली कांग्रेसले रहरले गठबन्धन गरेको होइन। नेपाली कांग्रेसले परिस्थितिवश यो देशको अवस्था कमजोर भयो, देशको प्रधानमन्त्री बन्न मान्छे यताउति गर्न थाले, जनतामा अविश्वास बढ्यो, विकास भएन भनेर हामीले एमालेसँग गरेकै हो। हामीले गठबन्धन गर्दा रातमा कहाँ ग¥यो रे रु १२ बजे कहाँ पुग्यो रे। ए मार्सी चामलको भात बिर्सिनु भयो ? मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईंहरुले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *