‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति सांसद खतिवडाले भने- मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस्

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन ।

उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे ।

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर