महिला सशक्तिकरणमा सरकारले जोड दिएको छ : मन्त्री सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताएका छन्।

मंगलबार काठमाडौंमा लैङ्गिक समावेशीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्‍याउने भन्ने रहेको बताए।

२१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृसत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेख गरे।

२१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको उनले जिकिर गरे।

मन्त्री सुडीले भने, ‘महिला सशक्तिकरणमा जोड छ। हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक। अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पुर्‍याउने? भन्ने नै हो। यो २१ औं शताब्दी महिलाको शताब्दी हो। पितृसत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ। २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन।’

उनले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताए।

उनले पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरूको प्रमुख दायित्व रहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *