एलिशा न्यौपाने हत्याका मुख्य आरोपी पक्राउ

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलमा गत भदौ १० गते मृत फेला परेकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपी समिर खान भन्ने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पैठानलाई हेटौँडा ५ स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । मकवानपुर प्रहरीको प्रारम्भिक अनुन्धानबाट हेटौँडा ४ कमलडाँडा निवासी २२ वर्षीय समिरले हेटौँडा ११ सरस्वतीकी २३ वर्षीया एलिसलाई होटलको कोठामा हत्या गरि फरार भएको खुलेको छ ।

९ गते आइतबार अपराह्न ५ बजेतिर एलिसासँगै समिर होटेलको कोठा नम्बर २०५ मा बसेका थिए । उनीहरु बा ६४ प १३५ नम्बरको स्कुटर चढेर उक्त होटलमा पुगेका थिए । त्यसको भोलिपल्ट भदौ १० गते विहान एलिसा मृत अवस्थामा होटलको कोठमा फेला परेकी थिइन् ।

एलिसाको हत्यापछि समिर कोठाको झ्यालबाट राति ९ बजेतिर होटलबाट बाहिरिएका थिए । उनले एलिसामाथी दुईवटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान अवेरसम्म कोठाको ढोका नखुलेपछि होटल साहुले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थल पुगेर जनप्रतिनिधिको रोहोबरमा कोठा फोडेर हेर्दा एलिसाको शरिर रगतले लतपत्तिएको अवस्थामा फेला पारेको थियो । प्रहरी अनुसन्धानका .क्रममा समिर र एलिसा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको पाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हत्याको कारणबाट विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

प्रहरी प्रवक्ता भण्डारीले घटनापछि समिरलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा निजकी आमा ५५ वर्षीया सैरुन खान, निजकी श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा वीरगंज महानगरपालिका वडा नम्बर ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *