इन्जिनियर वलीलाई यस वर्षको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’

नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधिका ‘पायोनियर’ वेदप्रसाद लोहनीको सम्झनामा स्थापना भएको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ बाट इन्जिनियर अश्विन वली सम्मानित भएका छन् ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट २०७९ सालमा एमएस्सी, स्ट्रक्चरल इन्जिनियरिङमा वलीले उत्कृष्ट अंक प्राप्त गरेका थिए । कोरोना र विभिन्न प्राविधिक कारणले बीचमा यो अवार्ड वितरण कार्यक्रम रोकिएको थियो । तर, सोमबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आयोजित विशेष कार्यक्रममा वलीलाई यस वर्षको अवार्डबाट सम्मानित गरिएको हो ।

वली हाल अमेरिकामा पीएचडी गर्दैछन् । त्यसैले उनको सम्मान माता-पीताले थापेका थिए । यस अवसरमा कलेजका पूर्वदेखि वर्तमान प्रोफेसर तथा डिनहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ समितिका अध्यक्ष प्रा.डा. शुशीलबहादुर बज्राचार्य, पुल्चोक क्याम्पसका निमित्त डीन विनोदकुमार भट्टराईलगायतको सहभागीता रहेको थियो ।

सिमेन्ट ढलानबाट नेपालमा पहिलो भवन त्रिचन्द्र क्याम्पसको सरस्वती भवन निर्माण भएको थियो । यसका योजनाकार र निर्माता वेदप्रसाद थिए । उनकै कारण नेपालमा सिमेन्ट ढलानमा क्रान्ति आएको थियो ।

उनले नेपालमा मात्र होइन, भारतमा समेत सिमेन्ट ढलानबाट भवनहरू निर्माण गरेका थिए । नेपालमा इन्जिनियरिङ अध्ययनलाई संस्थागत गर्न पनि वेदप्रसादको ठूलो योगदान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *