प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ ?

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले डीआईजी कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको सरुवा गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा गरेको छ ।

त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डीआईजी किरण रानालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालका भरतबहादुर बोहरालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *