भारतको नेसनल डिफेन्स कलेजकाे टोलीद्धारा नेपाली सेनाकाे मुख्यालय जङ्गी अड्डाको भ्रमण

कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय नेसनल डिफेन्स कलेजका रियर एडमिरल सन्दीप एस सन्दुबीच भेटवार्ता भएको छ । जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको सेनाले जनाइएको छ ।

नेपाल भ्रमणमा आइतवार आएको टोलीले सोमवार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको हाे । भ्रमणको अवसरमा भारतीय नेसनल डिफेन्स कलेजका शिक्षार्थीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियाे। । भ्रमण दलले नेपाली सेनाका केही इकाईहरूका साथै काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

भारतीय नेसनल डिफेन्स कलेजमा सञ्चालन भइरहेको विषयमा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (काजकिस्तान, संयुक्त राज्य अमेरिका, भुटान, ओमान, अस्ट्रेलिया, जापान र भारत) सम्मिलित २० सदस्यीय टोली रहेका छन् । टोलीले पाँच दिनसम्म भ्रमण गर्ने बताइएको छ ।

विभिन्न राष्ट्रहरूमा सञ्चालन हुने यस प्रकारका उच्चस्तरीय सुरक्षा एवं प्रतिरक्षा तालिममा सहभागी शिक्षार्थीहरूलाई विभिन्न मुलुकहरूको भ्रमण गराउने प्रचलन रहेको बताइएको छ । यस्ता अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *