यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका ११ निर्णय

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले विभिन्न ११ निर्णय गरेको छ । आइतबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ११ निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति–प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत “सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनैतिक प्रस्ताव परिमार्जितसहित सर्वसम्मत पारित गरिएको छ ।

यस्तै कांग्रेस र नेकपा (एमाले) बिच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका बारेमा फैलाएका भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट सचेत रहन कांग्रेसले आग्रह गरेको छ ।  कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ ।
यस्तै कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यवहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *