सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा

सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीनजना अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरेको छ । सशस्त्रमा रहेका तीनजना एआईजीको मुख्यलयभित्रकै विभागहरुमा सरुवा भएको हो ।

सरकारको १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो।

गृह मन्त्रालयको प्रस्तावअनुसार सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग सरुवा गरिएको छ। सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमले पाएका छन्।

त्यस्तै, कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर