एभरट्रष्ट सहकारीको रकम हिनामिना गरेको आरोपमा उपाध्यक्षसहित ५ जना पक्राउ

एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको हिनामिना गरेको आरोपमा उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पाँच जनालाई शुक्रबार पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

काठमाडौं महानगरपालिका ४ की ३९ वर्षीया उपाध्यक्ष बबिता डंगोल, काठमाडौं महानगरपालिका ५ का ५७ वर्षीय सचिव कान्छाभाइ डंगोल, ओखलढुंगा घर भई काठमाडौं कागेश्वरी मनोहरा ८ बस्ने ३७ वर्षीय कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल पक्राउ परेका हुन्।

त्यस्तै, ललितपुर महानगरपालिका ८ का ४८ वर्षीय सदस्यसचित रामलाल महर्जन र भक्तपुर घर भई टोखा नगरपालिका ८ बस्ने सदस्य ४६ वर्षीय अमरभाई बज्राचार्यलाई सिआइबीले पक्राउ गरेको हो।

एसपी बोगटीका अनुसार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका(७ चुच्चेपाटीमा कार्यालय छ। उक्त संस्थामा संचालक समितिका पदाधिकारीहरूको मिलेमतोमा बचतकर्तार सदस्यहरूले जम्मा गरेको रकम हिनामिना गरेको सिआइबीले जनाएको छ।

कर्जा तथा सम्पत्तिहरूमा गैह्रकानुनी रूपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरूमा समेत वास्तविक अवस्था लुकाएको देखिन्छ, एसपी बोगटीले भने, १५ करोड ९१ लाख ४ हजार ७३६ रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *