संसदीय समितिबाट पारित भयो सार्वजनिक सेवा प्रसारण विधेयक

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिको आइतबारको बैठकबाट  सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ पारित भएको छ । आइतबारको बैठकले दफावार छलफल गरी उक्त विधेयक पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो ।

टुंगिन बाँकी दफाहरु माथि छलफल गरी प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते छविलाल विश्वकर्माको संयोजकत्वमा देवेन्द्र पौडेल, डिकबहादुर लिम्बू, डा.तोसिमा कार्की, रामप्रकाश चौधरी रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आइतबार विधेयक पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको प्रतिनिधिसभा बैठकमा पेस हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *