इन्डियन नेशनल डिफेन्स कलेजको टोली अध्ययन भ्रमणका लागि नेपालमा

इन्डियन नेशनल डिफेन्स कलेज (एनडीसी)को टोली अध्ययन भ्रमणका लागि नेपाल आइपुगेको छ ।

पाँच दिने अध्ययन भ्रमणका लागि आइतवार ३६ जनाको टोली नेपाल आइपुगेको हो । रियर एडमिरल सन्दीप एस. सन्धु, एनएम, वरिष्ठ निर्देशक स्टाफ (नौसेना) को नेतृत्वमा रहेको टोलीमा प्रतिष्ठित संस्थामा प्रशिक्षण लिइरहेका विद्यार्थीहरू समावेश रहेका छन्।

टोलीले पोखरा, लुम्बिनी, जनकपुर, काठमाडौंलगायत नेपालभरका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्ने भएको छ । उनीहरुलाई नेपालको समृद्ध सम्पदा र रणनीतिक महत्वका बारेमा अन्तदृष्टि प्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन भ्रमणको उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *