मुख्य सचिव अर्यालले सम्हाले कार्यभार

मुख्य सचिव एक नारायण अर्यालले पद बहाली गरेका छन् । नेपालका सरकारका मुख्य सचिव अर्यालले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका हुन् ।

पद बहालीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका सचिवहरूले २७ औँ मुख्य सचिव अर्याललाई भव्य स्वागत गरेका छन् ।

पद बहालीसँगै मुख्य सचिव अर्यालले  सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।

सरकारले बिहीवार गृह मन्त्रालयको सचिव रहेका अर्याललाई वरिष्ठ सचिवहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । नवनियुक्त मुख्य सचिव अर्यालले शुक्रवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर नियुक्ति पत्र बुझी सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *