
मोहन मैनालीकाे मुकाम रणमैदानलाई मदन पुरस्कार


२०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएका छन् । मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् ।
२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो । जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।
गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । त्यस्तै दिक्षितले प्राडा योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया