सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *