३० वर्षे सेवा अवधि : अन्तरिम आदेशविरूद्धको भ्याकेट न्यायाधीश सुवेदी र शर्माको इजलासमा

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी भएको अन्तरिम आदेशविरूद्धको भ्याकेट न्यायाधीशहरू विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको छ।

भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट कुनै पनि प्रहरीलाई अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशविरूद्ध गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेट हालेका थिए। त्यसको सुनुवाइ न्यायाधीशहरू सुवेदी र शर्माको इजलासमा परेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *