आइसीसी एन्टी करप्सन युनिटमा पेशहुँदै क्रिकेटर आदिलको फाइल

म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी माेहम्द आदिल आलमको निलम्बन फुकुवाका लागि आइसीसी एन्टी करप्सन युनिटमा फाइल पठाइने भएको छ । संघ (क्यान) को इन्टिग्रिटी कमिटिका संयोजक मार्फत फाइल आइसीसीमा पठाइने भएको हो ।

यस्तै क्यानले टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ ।

क्यानको बिहीवार बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ७ वटै प्रदेश क्रिकेट संघलाई २ जना महिला र ३ जना पुरुष खेलाडीहरुलाई सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।

क्यानले वाई–वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर/अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

संघको वार्षिक कार्यक्रमअनुसार संचालन गरिने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय भएको प्रवक्ता लामाले बताए ।

आइसीसी यु–१९ महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालनसमेत हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर