सडक दुर्घटना रोक्न एक महिना सडक बन्द गरी अध्ययन गरौँ : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सडक दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन्।​

बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले सो समयमा हवाई यातायात प्रयोग गर्नुपर्ने र सबैभन्दा सस्तोमा हवाइ सेवा दिने कुरा सरकारले निर्धारण गर्नुपर्ने बताए।

उनले जथाभावी निर्माणका काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशीको मृत्यु भइरहेको बताए।

उनले सडक दुर्घटनाको कारण पत्ता लगाउन सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए। उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए। उनले प्राकृतिक संरचनाको यथार्थ जानकारी पाउन चीन र इजरायलबाट वैज्ञानिकलाई नेपालमा बोलाउन आग्रह गरे।

गौतमले भने‚ ‘नेपालका नदीछेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन्। बिनाकारण कुनै घटना हुँदैनन्। घटनाको विश्लेषण गर्न सक्नुपर्छ। अहिले उत्पन्न समस्या मेरो विचारमा ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय छन्। एक महिनासम्म नेपालका सबै सडक बन्द गर्नुपर्छ। एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गरी चलाउनुपर्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर