राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष उक्त विधेयक पेस भएको थियो ।

यसअघि बुधबार सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको थियो । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक ऐनका रूपमा लागू हुनेछ ।

त्यसपछि दुवै आयोगका गठन भएर शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर