देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताइन् ।

धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित  पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गरेको उनिले  स्पष्ट पारिन् ।

स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनिले  स्पष्ट पारिन्  । मन्त्री राणाले भनिन, “दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।

राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने मन्त्री राणाले प्रतिबद्धता व्यक्त गरिन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनिले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *