राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०–८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *