सशस्त्र प्रहरीका चार डीआईजीको सरुवा, को कहाँ ?

सशस्त्र प्रहरी बल नेपालका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।

मन्त्रीपरिषदको निर्णयअनुसार बुधबार डीआईजीको काज सरुवा गरेको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको प्रशासनिक दृष्टिकोण तथा संगठनको आवश्यकता अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ (१) ख बमोजिम काज सरुवा गरिएको बताइएको छ ।

डीआईजी अभिकुमार खत्री ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा तानिएको छ । दुर्गा प्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन् । उनी यसअघि ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत थिए ।

त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदिप कुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देही पठाइएको छ । मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर