अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ : प्रमुख सचेतक घिमिरे

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिएका छन् ।

संसदीय विटसँग सम्बन्धित सञ्चारकर्मीहरुसँगको भेटमा बुधबार उनले  मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताए ।

उनले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताए । देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताउँदै प्रमुख सचेतक घिमिरेले जन सहभागिता विना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने तर्क प्रस्तुत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *