राष्ट्रपतिले गरे रथी अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । संविधान अनुसार देशको राष्ट्रपति परमाधिपति रहने व्यवस्था छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी रथी सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल रथी सिग्देलले कायम मुकायम प्रधानसेनापतिको जिम्मेबारी सम्हालीरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *