‘हेर्ने कथा’ का प्रकाशलाई सहयाेगका लागि प्रधानमन्त्रीकाे पहल

युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत सार्वजनिक भएका प्रकाश तामाङ (काले मोक्तान) लाई आवश्यक सहयोग गर्ने विषयमा प्रधानमन्त्रीले पहल गरेका छन् । प्रकाशलाई आवश्यक सहयोगको लागि तत्काल नेपाली नागरिकताको आवश्यक भएको प्रधानमन्त्रीको भनाइ छ । नागरिकता बनाउनेबारेमा गृहसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन्।

नागरिकता बनेपछि मात्रै प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न सक्ने भएकाले प्रधानमन्त्रीको निर्देशनमा सचिवालयले विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क गरेका छन् ।

प्रकाशको नागरिकता छिटो बनाउने विषयमा प्रधानमन्त्रीले गएराति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर आवश्यक निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर