धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।

अर्थमन्त्री पौडेलले सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानून रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताए । उनले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्नेकुरा कल्पना गर्न नसकिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले कानून राज्यमा कानून र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको पनि संकेत गरे। उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सरकारले मन लागेको गर्ने छुट नभएको बताए ।

धितोपत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिने प्रतिवद्धता जनाए । उनले योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बीचबाट छनोट गरिने बताए ।

अर्थमन्त्री पौडेलले सांसदहरुले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरु योग्य भएपनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गरे । उनले धितोपत्र बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले मुलुक दलिय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न नसकिने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गरे । उनले दलिय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्न नपाउने अपेक्षा स्वभाविक भएको बताए ।

उनले भने ,‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका सन्दर्भमा सरकारले मन लागेको गर्ने छुट छैन । विभिन्न तरिकामा अध्यक्ष छनोट गरौं भन्ने छुट हुँदैन । सरकार सविधानको सर्वोच्चता र कानूनको राज सबैले मान्छौं । सविधानको सर्वोच्चता र कानूनको राज लोकतन्त्रको ठूलो सिद्धान्त हो । सरकारका सम्पूर्ण काम कारबाहीहरुलाई संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ । त्यसकारण सरकारले आज धितोपत्र बोर्डको अध्यक्षको छनोट डिम्याट खातावालाहरुको मतदानबाट छनोट गरौं । कुन कानूनी व्यवस्था अन्तर्गत छौं । सरकारलाई त्यो अधिकार दिएको छैन । धितोपत्र बोर्डको अध्यक्षका सन्दर्भमा सांसदको कम्पिटेन पात्र छनोट होस् भन्ने अभिव्यक्तिप्रति सम्मान व्यक्त गर्न चाहन्छु । डियु कोर्षबाट कानून सर्वत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिनेछ । योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा हुन सक्दैन । त्यो प्रतिस्पर्धिहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरुका बीचबाट छनोट गर्ने हो । इच्छुकहरु बाहिर छन उनीहरुले प्रतिस्पर्धामा भाग लिएन भने छनोट सरकारले गर्न सक्दैन । अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्नुहुँदैन । हामी दलिय व्यवस्थामा छौं । राजनीतिक दल यो व्यवस्थाको सबैभन्दा ठूलो आधार हो । दल र दलहरुको भूमिका विना अहिलेको व्यवस्था परिकल्पना गर्न सक्दैनौं । हामी निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्छौं । दल भन्दा बाहिरको मान्छे खोजि गर्न सम्भव होला रु उसले दलिय आस्थाका आधारमा निर्णय गर्ने बेलामा काम नगरोस भनि आग्रह गर्नुजाहेज हो । तर दल भन्दा बाहिरको पात्र खोजी गर्याे भने अन्यन्त्र कतै बरालिन पुग्छौं । त्यस्तो गरिनु हुँदैन भन्ने लाग्छ । बोर्डमा इमान्दार र योग्य पात्रको विधिसम्मत रुपमा छनोट हुन्छ ।’

अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष दल भन्दा बाहिरको पात्र खोजी गर्यो भने अन्यन्त्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताए । अर्थमन्त्री पौडेलले पुँजीबजारमा इन्साइडर टे«डिङ,सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बलको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए । उनले झुटो प्रचार, भ्रमक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने बताए ।

बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि बताए। बजारमा अनुशासनहिनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानूनको तयारी भएको उनको भनाइ छ । वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रवन्ध हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *