माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुुष्टि भएको बताएका छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताएका थिए ।

उनले सरकार शुरुमा माफीयाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेतृत्वको सरकारले देश हित विपरित कसैसँग पनि सम्झौता नगरेको दाबी गरे ।

उनले अध्यक्ष दाहालले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *