प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो : काँग्रेस सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे  । उनले अध्यक्ष दाहालको आक्रोश काँग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताए । उनले विगतमा दाहाल नेतृत्वको सरकारका कामहरु पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रश्तुत हुन नसकेको बताएका थिए ।

उनले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरु रहेको बताएका थिए । उनले लेखा समितिको बारेमा पनि अध्यक्ष दाहाल जिम्मेवारीका साथ नबोलेको बताए ।

सांसद खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउनुपर्ने भएपनि विगतमा पनि नदिने गरेको उदाहरण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *