लेखा समितिको सभापति पाउनुपर्ने माओवादी केन्द्रको माग जायज छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गरेका छन्।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताएका हुन्।

अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरूलाई आग्रह पनि गरे।

उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरूमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गरे।

उनले भने,’ अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनुपर्छ भनेर उहाँहरूले जो माग गर्नुभएको छ, त्यो जायज छ। हाम्रो पार्टी पनि सानो छँदा काँग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो। नेपाली काँग्रेसले त्यो नियम त पालना गर्नुपर्‍यो नि। 

अध्यक्ष केसीले संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरूले नै गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *