मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरुमा समेत काम गरिरहेको बताए ।

मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरुमा कुटनीतिक पहल गर्ने काम गरिरहेको बताए  । उनले सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशिल राष्ट्रको सूचिमा सुचिकृत हुने तयारी गरेको बताए ।

मन्त्री भण्डारीले भूपरिवेष्ठित,वाणिज्य नीति,अन्तरदेशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रुपमा धारणा राखेको बताए। उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरउन्नतिले पार्ने चुनौति र असरका दुवै रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा १३ प्रतिशत योगदान गरेको उद्योग क्षेत्र अहिले खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको बताए । उहनले त्यसको लागि अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको भन्दै त्यसको लागि लगानीमैत्री नीति बनाउनुपर्ने बताए। उनले मुलुकको उत्पादन र उत्पादकत्व घटेको भन्दै सरकारले सबैभन्दा पहिलो प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने रहेको बताए ।

उनले सरकारले दुई वटा क्षेत्रहरु कृषिमा आधारित उद्योगलाई प्रोत्साहन र उद्योगको योगदान जीडिपीमा बढाउनुपर्ने आवश्यकता देखिएको बताए उनले मुलुकको व्यापार असन्तुलन सन्तलुन कायम हुनसक्ने गरी सामना गरिरहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *