नाडा अटो शो आजदेखि सुरु हुँदै
११ भदौ २०८१ ११:०२
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि सुरु हुँदै छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
६ दिन सम्म चल्ने शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन् । यसका साथै ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन् । समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
प्रतिक्रिया