ब्राजिलको विमानस्थलमा एक सय नेपाली अलपत्र

ब्राजिलको साओपाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका नेपालीहरुमा स्वास्थ्य सम्बन्धि समस्या देखिन थालेको छ ।

गैरआवासीय नेपाली संघ चिलीका बरिष्ठउपाध्यक्ष सरोज अर्यालका अनुसार अलपत्र परेका १ सय जना नेपाली मध्ये १ जना विरामी परे पछि स्थानीय अस्पतालमा भर्ना भएका छन् ।

ब्राजिल सरकारले शरणार्थी सम्बन्धी नीति परिवर्तन गर्दा ६६६ भन्दा बढी एशियाली आप्रवासीहरू १३ अगष्ट देखि विमानस्थलमा अलपत्र परेका हुन् ।

अर्यालका अनुसार विमानस्थलमा रहेका नेपालीहरु खाना, पानी, वा ओढ्ने बिना नै भुइँमा सुत्न बाध्य भएका छन् ।

उनीहरूलाई पर्याप्त खाना, पानी, वा ओढ्ने बिना नै भुइँमा सुत्न बाध्य पारिएको छ। प्रतिकूल परिस्थितिले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ, जसमा हालैको रिपोर्ट अनुसार एक घाना र चेचन्नियन आप्रवासीको मृत्यु भएको पुष्टि भएको छ ।

अर्यालका अनुसार गैरआवासीय नेपाली चिली र नेपाली दूतवास ब्राजिलको संयुक्त प्रयासमा उनीहरुको उद्धारको प्रयास भैरहेको छ । ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारसंग समन्वयन गरेर उद्धारको काम थालेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *