नेपाली समाजमा नैतिकता हराउँदै गयो : देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको विरोधमा नाराजुलुस गरेका थिए। सोही विषयमा बोल्दै उनले काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौँवासीले ठीक पार्नुपर्ने बताए।

उनले विरोध गर्नेहरुपछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए। उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए।

उनले भने, ‘धेरै साथीहरु देउडा खेल्न आएका छन्। गौरा पर्व सुन्न दिँदैनन्। न गौरा खेल्न दिन्छन्। यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्। यसको पछाडि को छ, को तत्व छ, त्यसलाई यहाँका जनताले ठीक पार्नुपर्छ भन्ने मलाई विश्वास छ। अहिले यो गौरा पर्व जो छ, यो सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ। यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो। यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *