उपत्यकाका प्रमुख तीन प्रहरी युनिटका प्रमुख फेर्दै सरकार

सरकारले काठमाडौं उपत्यकाको सुरक्षा र अपराध अनुसन्धान हेर्ने तीन मुख्य इकाईका प्रमुख फेर्ने तयारी गरिरहेको छ । अघिल्लो सरकारका समयमा ती युनिट प्रमुख बनेका प्रहरी अधिकृतको कार्यशैलीप्रति असन्तुष्ट रहेको सरकारले उनीहरुका ठाँउमा नयाँ प्रहरी अधिकारी पठाउन लागेको हो ।

गृह मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको काज सरुवाको तयारी भइरहेको हो । ती अधिकारीका अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुर प्रहरी प्रमुखमा तारादेवी थापा र अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेशकुमार बस्नेतको काज सरुवा हुन लागेको हो ।

हाल काठमाडौं प्रहरी प्रमुखमा वसन्त रजौरे, ललितपुरका शेखर खनाल र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई प्रमुख रहेका छन् । उनीहरु तीनैजनालाई तत्कालिन गृहमन्त्री रवि लामिछानेको जोडबलमा सरुवा गरिएको हो ।

सरुवा भएकामध्ये शेखर खनाललाई जिल्लाबासी र बस्तुस्थिती बुझेकाले पठाइएको हो ।

यस्तै एसएसपी भट्टराईको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहायक भुमिका थियो ।

काठमाडौं प्रहरी प्रमुख रजौरेको सरुवा भने कुनै महत्वपूर्ण युनिटकाे कमाण्ड नसम्हालेकाे र संगठनभित्र पछाडी पारिएकाे भन्ने आधारमा भएकाे हाे ।

‘काज सरुवाको अन्तिम तयारी भइरहेको छ, यी तीनजना आजका मितिसम्म प्रमुख दावेदार हुन्,’ ती अधिकारीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *