काठमाडौंको बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या
१० भदौ २०८१ ९:०९
काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।
शंखमुलमा रहेकाे टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौै उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।
उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन सकिएन ।
घटनामा संलग्न भएको आराेपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया