राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गरौं : एमाले

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले सबै संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गर्नुपर्ने प्रश्ताव गरेको छ ।

आईतवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विपक्षलाई सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने माग गरेपछि एमालेका सांसदहरु योगेशकुमार भट्टराई र गोकुल बास्कोटाले पुनः निर्वाचनद्वारा सबै समितिका सभापतिहरु चयन हुनुपर्ने माग गरेका हुन् ।

एमालेका सचिव एवं संसदीय विभाग प्रमुख समेत रहेका भट्टराईले राजनीतिक नेतृत्वले सहमती गरेर चयन गरिएको सार्वजनिक लेखा समितिको सभापतिबारे प्रश्न गरेर दबाबमा राख्ने काम नगर्न पनि माओवादी केन्द्रका सांसद मोदीलाई चेतावनी दिए ।सो समितिका सभापतिमा एमालेका ऋषिकेश पोखरेल सभापति छन् ।

सांसद भट्टराईले विगतमा आफूले सत्तामा रहँदा पनि सो पद लिएको हेक्का राख्न पनि प्रतिपक्ष दलहरुलाई सचेत गराए ।

यता प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद मोदीले भने प्रतिपक्षले सो समितिको सभापति दिनुपर्ने कुरामा किन्त, परन्तु भन्न नमिल्ने जिकिर गरे ।

उनले विगतमा सत्तापक्षले सो समितिको सभापति राखेको भएपनि गलत भएको भन्दै अहिले त्यसलाई साथ दिने कुरा मान्न नसकिने तर्क समेत गरे ।

एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने हो भने राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाको उपसभामुखको पुनः निर्वाचन हुनपर्ने प्रश्ताव गरे ।

त्यसैगरी सबै समितिको सभापतिहरुको पनि निर्वाचन गरेर नेतृत्व चयन गर्नुपर्ने उहाँको जिकिर थियो । सांसद बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति फेर्ने विषयमा राजनीतिक सहमती गरेर आउन पनि माओवादी केन्द्रका सांसद मोदीलाई चुनौति दिए ।

सांसद बास्कोटाले संसदीय समितिका सभापतिहरु राजनीतिक सहमतीको आधारमा चयन भएकाले यसको समस्या राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर