जनताका मुद्दा लिएर सडक संघर्ष गर्छौं : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन्।

आइतवार काठमाडौँमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चारमहिने अभियान चलाएको बताए।

अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा लिएर सडक संघर्षमा उत्रिने बताए। उनले मुलुकलाई बचाउने हो भने अब कसैको मुख ताकेर नहुने बताए।

उनले अब पनि अरूको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने दावी गरे। जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्न तयार हुनुपर्ने बताए।

यादवले भने‚ ‘जनतालाई सचेत र संगठित गर्न हामीले चारमहिने अभियान चलाएका हौँ। जनताका मुद्दा लिएर हामी सडक संघर्षमा जानैपर्छ। यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन। संविधान संशोधनको कुरा आइरहेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर