बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात

बुटवलको डेल्टा मार्ट परिसरमा आयाेजित दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ।

आजदेखि सुरु गर्न लागिएको मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टल तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेका थिए।

नेपाली लुगा घरको आयोजनामा दशैंसम्म मेला लाग्ने बताइएको थियो।

आज बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरेका थिए।

मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर