सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर