विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भएका कमी-कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताए।

उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरूको समाधान गरिरहेको दावी मन्त्री सिंहकाे छ।

उनले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै सरकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए।

उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर