स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्  । उनले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताए । उनले नेपालको विकास सानो र ठूलो पार्टीले नभनि सबै मिलेर गर्न आवश्यक रहेको बताए  ।

उनले मातृभूमी नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च प्रगतिमा पुर्‍याउने संकल्प लिएर आफू अघि बढेपनि नागरिकहरुले अरुलाई नै निर्वाचनमा जिताएर पठाउँदा सम्भव हुन नसकेको बताए। उनले दुई वटा ठूला पार्टीहरु शक्तिमा आएपछि मुलुकको दोहन गर्ने काम हालसम्म भइरहेको बताए । उनले विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर आफू वाक्कदिक्क भएको बताए ।

सांसद जबराले मुलुकको विकास गर्न युवाशक्तिहरु एक भएर लाग्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *