तनहुँ दुर्घटनाका मृतकको शव भारतीय वायुसेनाको विमानबाट लगियो

तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ।

दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो। शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो।

वायुसेनाको विमानमार्फत २५ वटा र शववहानबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से घाइतेको अवस्था बुझन र मृतकको शव लिनका लागि बिहान नेपाल आएकी थिइन् । त्रिवि अस्पतालमा पुगि घाइतेको अवस्था बुझनुका साथै मृतकको शव बुझि उनी फर्किएको बताइएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर