राजेश हमालको सफलताको टिप्सः सधैँ सजिलो बाटो नखोज्नुस्,आफैँ बाटो खन्नुस्

महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन्।

शनिबार काठमाडौँ युथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पार्दै उनले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताए।

‘तपाईंमा तिवं इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरू अघि बढ्नुस्। खालि सजिलो बाटो नखोज्नुस्। बनाएको बाटो मात्रै नखोज्नुस्, यसमा गएर फलानोले राम्रो प्राप्त ग¥यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस्। आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस्। बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ। युवाहधमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ,’ हमालले भने।

आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिँदै उनले युवाहरूले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर