तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाको शव भारतीय एयरफोर्स जहाजले चितवनबाटै लैजाने

तनहुँ बस दुर्घटनामा ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय वायु सेना (इण्डियन एयरफोर्स) को जहाज सिधै चितवन आउने भएको छ ।

नेपाल सरकारसँग भारतीय राज्यमन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताए । पर्दाफास डटकमसँगको कुराकानीमा उनले  दिउँसो ३ देखि साढे ३ बजेको समयमा भारतीय वायु सेनाकाे विशेष जहाज भरतपुर विमानस्थलमा अवतरण हुने बताए ।

सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बई लैजाने तयारी भइरहेको छ। दुर्घटनामा मृत्यु भएकाहरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । यहाँबाट शव लिएर महाराष्ट्रको नासिक जाने जानकारी आएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *