गृहमन्त्री लेखकसँगै तनहुँ बस दुर्घटनाका घाइते भेट्न टिचिङ पुगिन भारतीय राज्यमन्त्री खडसे

गृहमन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) पुगेका छन् ।

उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे  बुझ्न खड्से भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी  हुन्  ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रा गरिरहेका थिए ।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको  शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

याे पनि पढाै‌ं –

यी हुन् तनहुँ बस दुर्घटनाका मृतक र घाइते (नामावलीसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *