काठमाडौं आइपुगिन भारतीय मन्त्री, तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्दै

भारत सरकारकी संघिय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आएकी छन् ।

युक्रेन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको जानकारी पाउनासाथै एकजना संघिय मन्त्रीलाई समन्वयका लागि नेपाल पठाउन निर्देशन दिएका थिए । राज्यमन्त्री रक्षा आफै पनि महाराष्ट्रको प्रतिनिधित्वगर्ने भएकाले उनलाई नेपाल पठाइएको हो ।

घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ  । मन्त्री त्यही पुग्ने बताइएको छ । मन्त्री खड्से सँगै भारतीय सांसद पनि आएको बताइएको छ ।

मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर