भारतले तनहुँ दुर्घटनाका घाइते भेटन र मृतकको शव लिन मन्त्री पठायो

भारत सरकारले शुक्रबार तनहुँको आबुखैरेनी नजिक २७ जनाको मृत्यु हुनेगरि भएको बस दुर्घटनाको समन्वयका लागि संघिय राज्यमन्त्रीलाई नेपाल पठाउने भएको छ ।

भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान १० बजेर ३० मिनेटमा काठमाडौं ओर्लने तय भएको हो ।

युक्रेन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको जानकारी पाउनासाथै एकजना संघिय मन्त्रीलाई समन्वयका लागि नेपाल पठाउन निर्देशन दिएका थिए । राज्यमन्त्री रक्षा आफै पनि महाराष्ट्रको प्रतिनिधित्वगर्ने भएकाले उनलाई नेपाल पठाइएको हो ।

उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ।

घाइते १६ भारतीय यात्रुको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको हो ।

घाइते यात्रुको उपचारको लागि शिक्षण अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।

शुक्रबार बिहान ११स्२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *