पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् ।

शनिबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताए । उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि उनले आग्रह गरे ।

अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ । ‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरूको शिर उच्च हुनेगरी काम गर्नेछु,’ सिंहले बैठकमा भने ।

फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राखे । कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर