छानबिन समितिलाई रविले भने- मैले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ ।

शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने कुरा राख्नुभएको समिति सभापति सूर्यबहादुर थापाले बताए । उनले सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको पनि जानकारी गराए ।

उनले भने, ‘आजको बैठकमा हामीले गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा, विभिन्न छानविनबाट देखिएका विषय, संसदमा उठेका, सार्वजनिक सञ्चारमाध्यममा आएका र सर्वसाधारण तहमा उठेका प्रश्नहरुको सन्दर्भमा दुई जनालाई शोधपुछका लागि बोलाएका छौँ । पहिलो गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशीसँग शोधपुछ गरेका छौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक, शेयर होल्डर कार्यक्रम निर्माण र प्रश्तोताको मुख्य जिम्मेवारीमा रहनुभएका हाल प्रतिनिधि सभाका सदस्य, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शोधपुछ गरिरहेका छौँ । शोधपुछको क्रममा उहाँले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ, जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यवसायिक संलग्नताका बारेमा बताउनुभएको छ । करिव ५० वटा प्रश्नहरु उहाँसँग छन् । आधा जतिमा शोधपुछ गरिरहेका छौँ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम,ति सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरु त्यहाँ समावेश नभएको अहिलेसम्म ति कुराहरु राख्नुभयो । कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

उनले आजको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *